News Portal

कोरोनाबाट थप ५ जनाको मृत्यु, नेपालमा मृत्तकको संख्या ३१७ पुग्यो

रातोपोस्ट संवाददाता
४४४ पटक

काठमाडौं, २५ भदौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप ५ जनाको ज्यान गएको छ ।

बिहीबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरमा थप एक महिला र चार पुरुष गरी ५ जनाको मृत्यु भएको जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१७ पुगेको छ ।

प्रतिकृया दिनुहोस्