News Portal

झापामा बिहीबार थप १२ जनामा कोरोना संक्रमण पुष्टि

रातोपोस्ट संवाददाता
४५७ पटक

झापा, भदौ २५ । झापामा बिहीबार थप १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससंगै झापामा कुल संक्रमितको संख्या ७२५ पुगेको छ ।

स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौंलागाईंका अनुसार शिवसताक्षी नगरपालिकाका २ महिला र ३ पुरुष, कमल गाउँपालिकाका २ पुरुष, बाह्रदशी गाउँपालिकाका २ पुरुष, भारतबाट आएका हेटौंडा घर भएका तथा भद्रपुरबाट स्वाब दिएका १ पुरुष, भारतबाटै आएका भद्रपुरमा स्वाब दिएका १ पुरुष र दमक नगरपालिकाका १ महिलामा संक्रमण पुष्टि भएको हो।

संक्रमितमध्ये शिवसताक्षी, कमल र बाह्रदशीका स्थानीयबासी हुन्। दमक नगरपालिकाकी संक्रमित महिला भारतबाट आएकी हुन्।

झापाका कुल संक्रमित मध्ये भद्रपुरमा ३७, मेचीनगर १२१, बिर्तामोड ४६, कनकाई ४८, अर्जुनधारा २४, दमक ११४, गौरादह १९, शिवसताक्षी २०, बुद्धशान्ति १७, हल्दिवारी १३, कचनकवल १४०, कमल ४५, गौरीगञ्ज ३०, बाह्रर्दशि २४, र झापाका १५ जना रहेको चौलागाईले बताए ।

हिजो सम्म झापामा ५२५ जना डिस्चार्ज भएर घर फर्की सकेको छन् भने कोरोनाबाट हाल सम्म झापामा ३ जनाको मृत्यु भइसकेको छ ।

प्रतिकृया दिनुहोस्