News Portal

नक्कली प्रेस कार्ड बनाउनेबाट प्रहरीमा सर्‍यो कोरोना

रातोपोस्ट संवाददाता
७११ पटक

काठमाडौ, भदौ २६ । काठमाडौकाे बागबजारमा नक्कली प्रेस कार्ड बनाएको आरोपमा पक्राउ परेकाबाट प्रहरीमा कोरोना संक्रमण सरेको पुष्टि भएको छ । नक्कली प्रेस कार्ड बनाएको आरोपमा पक्राउ परेकाहरुबाट २ जना प्रहरीमा कोरोना सरेको पुष्टि भएको हो ।

महानगरीय प्रहरी अपराध महाशाखामा कार्यरत २ प्रहरीमा पुष्टि भएको कोरोना तीनै पक्राउ परेका व्यक्तिबाट सरेको अनुमान गरिएको छ ।

नक्कली प्रेस कार्ड बनाउने व्यक्तिमा कोरोना संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङ गर्दा २ जना प्रहरीमा पनि संक्रमण पुष्टि भएको छ ।

केहीदिन अगाडि बागबजारमा नक्कली प्रेस कार्ड बनाउने चार जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिकृया दिनुहोस्