News Portal

  • वडाध्यक्ष हमालको निधन

    रातोपोस्ट
    ६३६ पटक

    सिमकोट, भदौ २६ । हुम्लाको खार्पुनाथ गाउँपालिका-४ का वडाध्यक्षको निधन भएको छ।

    वडाध्यक्ष लोकजन हमालको बिहीबार नेपालगञ्जबाट रिफर गरी उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा नवलपरासीमा मृत्यु भएको खार्पुनाथ गाउँपालिकाका लेखा शाखा प्रमुख विशाल बोहराले बताए।

    वडाध्यक्ष हमाल गाउँमा एक्कासी लडेपछि उनको कम्मरदेखि तलको भाग चल्न सकेको थिएन। आज खार्पुनाथ गाउँपालिकाका सम्पूर्ण सरकारी कार्यालय बन्द हुने गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले बताए। रासस

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)