News Portal

मृत्युपछि केन्द्रीय कारागारमा रहेका चार कैदीमा कोरोना पुष्टि

रातोपोस्ट संवाददाता
२९० पटक

काठमाडौं, भदौ २६ । केन्द्रीय कारागार रहेका ४ जना कैदीबन्दीकाे मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएका थप चारजना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको केन्द्रीय कारागारका जेलर लक्ष्मी बाँस्कोटाले बताए ।

मृत्युपछि संक्रमण पुष्टि भएका ब्यत्तिहरुमा सिराहाका ६४ वर्षीय पुरुष, बझाङका ६० वर्षीय पुरुष, पाल्पाका ५८ वर्षीय पुरुष र दोलखाका ६९ वर्षीय पुरुष छन् । उनीहरुको वीर अस्पतालमा मृत्यु भएको थियो ।

३ जना कैदीको भदौ १६ मा र दोलखा घर भएका १ कैदीको भदौ १९ मा मृत्यु भएको थियो । त्यसअघि, भदौ १५ मा ललितपुरको मेगा अस्पतालमा उपचारको क्रममा ज्यान गुमाएका एकजना कैदीमा कोरोना पोजेटिभ देखिएको थियो । मेगा अस्पतालमा भर्ना गरिएका कैदी अन्य रोगबाट पनि पीडित थिए ।

केन्द्रीय कारागारका ६० जना संक्रमितमध्ये ३१ जनाले कोरोना भाईरसलाई जितेका छन् । संक्रमितमध्ये केही कैदीलाई किर्तिपुरस्थित आयुर्वेदिक अस्पतालको आइसोलनमा र केहीलाई केन्द्रीय कारागारभित्रको अस्पतालमा आईसोलेशनमा राखेर उपचार गरिएको जेलर बाँस्कोटाले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्