News Portal

२४ घण्टामा थप ५ संक्रमितको मृत्यु

रातोपोस्ट संवाददाता
६७५ पटक

काठमाडौं, भदौ २६ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमार्फत ५ जना संक्रमितको मृत्यु भएको पुष्टि गरेको हो । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३२२ पुगेको छ ।

बिहीबार १ महिला र ४ पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । त्यस्तै बुधबार ६ जना संक्रमितले ज्यान गुमाएका थिए ।

प्रतिकृया दिनुहोस्