News Portal

स्याङजाका पुरुषको कोरोनाबाट मृत्यु

रातोपोस्ट संवाददाता
४८३ पटक

पोखरा, भदौ २७ । पोखरामा उपचाररत एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्‍ठान पश्‍चिमाञ्‍चल क्षेत्रीय अस्पताल अन्तर्गतको कोभिड- १९ उपचार केन्द्रमा उपचाररत स्याङ्जाको पुतलीबजार नगरपालिका-१ का ८५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

यही भदौ २४ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी प्रतिष्ठानको कोभिड–१९ उपचार केन्द्रको आइसियुमा भर्ना भएका थिए । उपचारकै क्रममा शनिबार विहान ६ः३२ मा उनको ज्यान गएको प्रतिष्‍ठानका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिएका छन् ।

प्रतिष्ठानको कोभिड–१९ उपचार केन्द्रमा कोरोनाबाट हालसम्म १० जनाले ज्यान गुमाएका छन् । योसँगै गण्डकी प्रदेशमा भने कोरोनाबाट मृत्यु हुनेको कुल संख्या २३ पुगेको छ ।

प्रतिकृया दिनुहोस्