News Portal

सिन्धुपाल्चोकमा फेरि भीषण पहिरो : १८ घर पुरिए

रातोपोस्ट संवाददाता
८४६ पटक

सिन्धुपाल्चोक, भदौ २८ । सिन्धुपाल्चोकमा बाढी(पहिरोको फेरि अर्को विपत्ति आइलागेको छ । गए राती पाउने तीन बजे गएको भीषण पहिरोले जिल्लाको बाह्रबिसे नगरपालिकाका नागपुजे, भिरखर्क र चाङसार भन्ने स्थानमा १८ घर बगाएको छ । ती घरका सबै बेपत्ता भएका छन् ।
भीरखर्कका १० र नाग पुच्छेका ८ घर तथा किम्बे गाउँ पहिरोले बगाएको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिए। थप विवरण आउन बाँकी छ ।

ठाडो खहरे खोलाको बाढीसँगै पहिरो गएको स्थानीय श्याम गोलेले बताए । अहिले घटनास्थलमा प्रहरी जाँदै छ । स्थानीय खोजी कार्यमा जुटेका छन् ।

सिन्धुपाल्चोकमा गत साउन ३० गतेयता पटकपटक बाढी र पहिरो आउँदा ठूलो मानवीय क्षति भएको छ । गत साउन ३० गते बिहान जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोमा पुरिएर ३७ जनाको मृत्यु भएको थियो । दुईजना अझै बेपत्ता छन् ।

प्रतिकृया दिनुहोस्