News Portal

गण्डकी प्रदेशमा थपिए ३२ जना कोरोना सङ्क्रमित

रातोपोस्ट संवाददाता
६०० पटक

पोखरा, भदौ २८ । गण्डकी प्रदेशमा आइतबार विहान थप ३२ जना कोरोना सङ्क्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र, पोखरा र चितवन मेडिकल कलेज, चितवन गरिएको परिक्षणमा गण्डकी प्रदेशमा आइतबार थप ३२ जनामा कोरोना पुष्टि भएको हो ।

नयाँ संक्रमितहरुमा लमजुङका १७ जना, नवलपरासी पूर्वका ८ जना, कास्कीका २ जना, स्याङजाका ४ जना र तनहुँका एक जना रहेका छन् । पोखरा महानगरपालिका-१६ का २० वर्षीया महिला पश्चिमान्चल सामुदायिक अस्पतालमा कार्यरत कर्मचारी हुन् भने स्याङ्जाको पुतलीबजार-३ का ७६ वर्षीय पुरुष र कास्की जिल्ला पोखरा महानगरपालिका-९ का ७० वर्षीय पुरुष पोखरा महानगरपालिकास्थित मणिपाल अस्पतालमा उपचाररत हुन् ।

त्यस्तै लमजुङ जिल्ला, सुन्दरबजार-९ का १६ जना पुरुषहरु नेपाली सेनामा कार्यरत हुन् । अन्य सबै संक्रमित कन्ट्रयाक्ट ट्रेसीङबाट पहिचान भएका संक्रमित भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

अहिलेसम्म प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १८१४ रहेको छ भने निको हुने दर ६१.८ प्रतिशत रहेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । त्यस्तै प्रदेशमा अहिलेसम्म २९३५ जना संक्रमित भएका छन् । गण्डकी प्रदेशमा कोरोनाको संक्रमणले मृत्यु हुनेको संख्या २४ पुगेको छ ।

प्रतिकृया दिनुहोस्