News Portal

  • नेपालमा कोरोनाबाट थप १५ जनाको मृत्यु

    रातोपोस्ट संवाददाता
    ७८९ पटक

    काठमाडौँ, भदौ २९ । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ३६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। कोरोनाबाट ५ महिला र १० पुरुषको मृत्यु भएको छ।

    मोरङमा कोरोनाबाट ४० वर्षीय र ७० वर्षीय दुई पुरुषको मृत्यु भएको छ। यस्तै काठमाडौंमा ६१ वर्षीया महिला र ७७ वर्षीय, ६२ वर्षीय,७३ वर्षीय ८५ वर्षीय ७० वर्षीय पुरुष, ललितपुरमा ५५ वर्षीय पुरुष, भक्तपुरका ७३ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ। रामेछापका २३ वर्षीय पुरुष, गोरखाकी ६३ वर्षीय महिला, नवलपरासीकी ६३ वषीया महिला, पर्सामा ५५ वर्षीया महिला, कपिलवस्तुकी ४७ वर्षीया महिला गरी १५ जनाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।

    यस्तै पछिल्लो २४ घण्टामा ११ सय ७० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। यो सहित संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

    १५ हजार ३९३ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार होम आइसोलेसनमा ७२७५ रहेका छन् भने संस्थागत आइसोलेसनमा ८ हजार ११८ जना रहेका छन्। क्वारेन्टाइनमा ६ हजार ८९२ जना रहेका छन्। मन्त्रालयका अनुसार नेपालमा २४ घन्टामा १० हजार पीसीआर परीक्षण गरिएको छ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)