News Portal

भारतमा एकैदिन ८१ हजारमा कोरोना संक्रमण, संक्रमितको संख्या ४९ लाख नाघ्यो

रातोपोस्ट संवाददाता
६५६ पटक

काठमाडौं, भदौं ३० । भारतमा कोरोना भाइरस संक्रमितको संख्या साढे ४९ लाख नाघेको छ ।

दैनिक संक्रमित संख्यामा बृद्धि हुँदै गएको भारतमा पछिल्लो २४ घण्टामा ८१ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको हो । मंगलबार बिहानसम्म भारतमा ८१ हजार ९११ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४९ लाख २६ हजार ९१४ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ३८ लाख ५६ हजार २१४ जना संक्रमणमुक्त भएका छन् भने ९ लाख ८९ हजार ८६० जनाको उपचार भइरहेको छ । यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ८० हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ५४ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ८० हजार ८०८ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रतिकृया दिनुहोस्