News Portal

  • प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा खतिवडा नियुक्त, मन्त्रीस्तरिय सुविधा पाउने

    रातोपोस्ट संवाददाता
    ४२९ पटक

    काठमाडौं, भदौ ३० । सरकारले निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख आर्थिक सल्लाहकार नियुक्ति गरेको छ ।

    सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । यसअघि खतिवडाले अर्थ तथा सञ्चार मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । राष्ट्रिय सभा सदस्यमा सिफारिस हुन नसकेपछि उनले भदौ १९ गते अर्थमन्त्रीबाट राजीनामा दिएका थिए ।

    खतिवडाले मन्त्रीसरहको सुविधा पाउनेछन् । सांसद नभए पनि ओलीले खतिवडालाई ६ महिना मन्त्री बनाएका थिए ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)