News Portal

हिमाल आरोहण गर्न बहराइनका राजकुमार काठमाडौंमा

रातोपोस्ट संवाददाता
४३४ पटक

काठमाडौं, भदौ ३१ । हिमाल आरोहणका लागि बहराइनका राजकुमारसहित १८ जनाको टोली काठमाडौं आइपुगेको छ ।

उनीहरु लोबुचे र मनास्लु हिमाल आरोहणका लागि आज काठमाडौं आइपुगेका हुन् । राजकुमारसहितको टोलीलाई बहराइनस्थित नेपाली राजदूतले बिदाइ गरेका थिए ।

उक्त टोलीमा राजकुमारसहित डिफेन्स फोर्समा कार्यरत १५ जना बहराइनी तथा ३ जना बेलायती नागरिक रहेको टोली शेख ईशा एयरबेसको विशेष विमानबाट नेपाल आएको हो । टोलीलाई परराष्ट्र मन्त्रालयका अधिकारीले विमानस्थलमा स्वागत गरेका छन् ।

उक्त टोलीले सगरथामा आरोहणका लागि लोबुचे र मनास्लु हिमाल आरोहणलाई पूर्वतयारीको रूपमा लिएको छ । सन् २०२१ मा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने तयारी यो टोलीको रहेको दूतावासले जनाएको छ ।

प्रतिकृया दिनुहोस्