News Portal

कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु

रातोपोस्ट संवाददाता
४५७ पटक

काठमाडौं, भदौ ३१ । नोभेल कोरोना भाइरसको संक्रमणबाट थप आठ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर आठ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

मंगलबार देशभर ११ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको थियो ।

सोमबार देशभर कोरोना संक्रमणबाट १५ जनाको मृत्यु भएको थियो भने आइतबार ९ जनाको मृत्यु भएको थियो ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३७९ पुगेको छ ।

प्रतिकृया दिनुहोस्