News Portal

झापामा थपिए २३ जना कोरोना संक्रमित

रातोपोस्ट संवाददाता
५०८ पटक

झापा, भदौ ३१ । झापामा आज थप २३ जनामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईका अनुसार ७ महिला र १६ जना पुरुष गरि जम्मा २२ जना संक्रमित थपिएका हुन ।

उनका अनुसार संक्रमितहरु बाह्रदशी गाउँपालिका- ५ का २ महिला र ३ पुरुष रहेका छन् । उनीहरु स्थानीय बासिन्दा हुन् ।

यसै गरि दमक नगरपालिका वडा- १,४,५,८,९,र १० क १ महिला र ७ जना पुरुषहरु रहेका छन् । उनीहरु पनि स्थानीय बासिन्दा हुन् ।

यस्तै भद्रपुर नगरपालिका वडा- ६,७ र ८ का १ महिला र ३ जना पुरुषहरु रहेका छन् । उनीहरु ३ जना भारतबाट आएका हुन् भने जना सुरक्षाकर्मी मा संक्रमण देखिएको छ

गौरादह नगरपालिका वडा- ५ का १ जना भारतबाट आएकी महिलामा संक्रमण पुष्टि भएको छ। त्यस्तै मेचीनगर नगरपालिका वडा न ५ का भारतबाट आएका १ जना पुरुषमा संक्रमण पुष्टि भएको हो।

त्यस्तै शिवसताक्षी नगरपालिका वडा- ३,६ र ११ का २ जना महिला र २ जना पुरुषमा संक्रमण पुष्टि भएको छ। उनीहरु मध्ये १ जना भारतबाट आएका, २ जना स्वास्थ्यकर्मी तथा १ जना स्थानीयबासी रहेको चौंलागाईंले बताए।

प्रतिकृया दिनुहोस्