News Portal

  • डिजेल र मटितेलको मूल्य १ रुपैयाँले घट्यो, पेट्रोलको यथावत

    रातोपोस्ट संवाददाता
    ७९४ पटक

    काठमाडौँ, भदौ ३१ । नेपाल आयल निगमले डिजेल र मटितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको छ । इन्डियन आयल कर्पोरेशनले १६ सेप्टेम्बर (भदौ ३१) मा पठाएको मूल्य अनुसार डिजेल र मटितेलको मूल्य घटाइएको हो ।

    निगमका प्रवक्ता बिनितमणि उपाध्यायका अनुसार नयाँ मूल्य बुधबार राति १२ बजेदेखि लागू हुनेछ । नयाँ मुल्य अनुसार डिजेल र मटितेलको प्रतिलिटर मूल्य ९०र९० रुपैयाँ कायम गरिएको छ । निगमले पेट्रोल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको जनाएको छ ।

    अहिले पेट्रोलको मूल्य लिटरमा १०७ रुपैयाँ रहेको छ । निगमले मुल्य समायोजन भएपछि पनि भारतीय सीमा रक्सौलसम्म जोडिएको नेपालको वीरगन्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर रु. २९.४४ र डिजेल प्रति लिटर रु. ३६.३८ ले नेपालतर्फ सस्तो रहेको जानकारी दिएको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)