News Portal

मनकारी घरबेटी : ७ महिनाको घरभाडा मिनाहा गरि दिए

रातोपोस्ट संवाददाता
९९६ पटक

झापा, असोज १ । नेकपाका जिल्ला सदस्य एवँ मजदूर नेता बन्धनकुमार मुण्डाले सटर भाडा बापत लिईँदै आइएको ३ लाख १५ हजार रुपैयाँ मिनाहा गरेका छन् ।

उनले मेचीनगर–७ स्थित आफ्नो घरमा मासिक ५ हजार रुपैयाँका दरले उठ्दै आएको ७ महिनाको सटर भाडा छुट गरिएको बताएका हुन् ।

बिहीबार पत्रकार सम्मेलन गर्दै मुण्डाले भने–‘कोरोनाका कारण जारी लकडाउनले सबै क्षेत्र तहसनहस छ, व्यापार व्यवसाय पनि चौपट छ, त्यसैले, यस्तो घोषणा गरेको हुँ ।’
‘सटर भाडामा लिएर व्यवसाय गर्नेहरूको जीवनयापन कष्टकर बनेको छ’ मुण्डाले भने–‘त्यसैले, ९ वटा सटरबाट उठ्ने गरेकोे गत चैत्र १ गतेयता ७ महिनासम्मको भाडा छुट गरेको छु ।’

‘कोरोनाका कारण विशेषगरी व्यवसायी र मजदूर वर्ग मारमा परेका छन्’ सम्मेलनमा वितरित मुण्डाद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ–‘त्यसकारण छुट गरिएको ७ महिनामध्ये पछिल्लो असोज महिनाको भाडा दशैं खर्च सहयोगस्वरुप सहयोग गरिएको हो ।’

सस्तो लोकप्रियता र प्रचारवाजीका लागि नभई परिस्थितिलाई बुझेर मानवीय सेवाभावले भाडा छुटको घोषणा गरिएको उनको भनाई छ ।

प्रतिकृया दिनुहोस्