News Portal

डेरावालमाथि अत्याचार भएको भन्दै गृहमन्त्रीलाई ज्ञापनपत्र

रातोपोस्ट संवाददाता
५४० पटक

काठमाडौं, असाेज १ । नेपाल डेरावाल समाजले डेरावालले राहत महसुस गर्ने गरी निर्णय गर्न गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । समाजले डेरावालको रोजिरोटी गुमेको, बाहिरबाट आएपछि घरमा पस्न नदिएको घेरबेटीबाट अत्याचार भएको भन्दै समाजले मन्त्रीलाई अनलाइनमार्फत् ज्ञापनपत्र बुझाएको हो ।

समाजका अनुसार विगत ६ महिनादेखि पटकपटक कायम रहेको लकडाउन र निषेधाज्ञा तथा कोरोनाको महामारीका कारणले धेरै श्रमिकको रोजीरोटी गुमेको छ भने अधिकांश व्यवसाय विगत ६ महिनादेखि बन्द अवस्थामा छन् । जसले गर्दा डेरामा बस्ने र व्यवसाय गर्नेलाई कोठा भाडा तिर्न नै धेरै जटिल अवस्था आइपरेको छ । समयमा डेरा भाडा तिर्न नसक्दा कतै डेरावालको हत्या गर्नेसम्म जघन्य अपराध गरिएको छ भने कतै डेरावाललाइ भाडा नतिरेको भनेर घरबेटीबाट कुटपिट भएको समाजले पत्रमा उल्लेख गरेको छ ।समाजले घरभाडा तिर्न नसकेको वा बाहिरी ठाउँबाट आएको भनेर भनेर कतिपय डेरावाललाइ घरबेटीले आफ्नो कोठामा डेरावाललाइ प्रवेश नदिएको सयौं गुनासो आफूकहाँ आइरहेको जानकारी गराएको छ ।

अर्कोतर्फ स्वास्थ्य मन्त्रालयले लक्षण नदेखिएका संक्रमितलाइ घरमै आइसोलेसनमा बस्न र सरकारी अस्पतालमा भर्ना नगरिने भनिरहँदा कतिपय घरबेटीले डेरामा बस्नेलाइ कोरोना संक्रमित भए आफ्नो कोठामा पस्न नदिने वा कोठाबाट निस्किन दबाब दिने जस्ता अमानवीय हर्कत गरेको गुनासोको धेरै आउन थालेको बताइएको छ । यस्तोमा समाजले डेरावालको समस्या समाधान गरिदिन अनलाइनमार्फत् ज्ञापनपत्र बुझाएको हो ।

समाजले यदी कोही डेरावाल र व्यवसायी कोठा भाडा तिर्न नसकेको कारणले आफ्नो कोठाबाट निस्किनु पर्ने अवस्था आए वा कोरोना संक्रमित डेरावाल आफ्नो कोठामा आइसोलेसनमा बस्ने अवस्था नभए आफूहरुलाई सम्पर्क गर्न आह्वान पनि गरेको छ ।

प्रतिकृया दिनुहोस्