News Portal

  • वामदेव गौतमले लिए राष्ट्रियसभा सदस्यको शपथ

    रातोपोस्ट संवाददाता
    २६५ पटक

    काठमाडौं, असोज १ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले राष्ट्रियसभा सदस्यको रुपमा शपथ ग्रहण गरेका छन् । बिहीवार राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गौतमलाई सदस्यको शपथग्रहण गराएका हुन् ।

    शपथ लिएपछि गौतमले आफूले राष्ट्रियसभाको गरिमा बढाउने गरी काम गर्ने प्रतिक्रिया दिए । गौतमले पार्टी नेतृत्व, सरकार र राष्ट्रपति भण्डारीप्रति आभार व्यक्त गरे।

    गत भदौ २९ गते बसेको मन्त्रिपरिषद्को नियमित बैठकले राष्ट्रपतिले नियुक्त गर्ने राष्ट्रियसभाको एक पदमा गौतमलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने निर्णय गरेको थियो । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गरेकी थिइन् ।

    गौतमलाई नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड ख बमोजिम सरकारको सिफारिसमा माथिल्लो सदनको सदस्यमा राष्ट्रपतिबाट मनोनित गरिएको हो ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)