News Portal

झापामा १० जनामा कोरोना पुष्टि

रातोपोस्ट संवाददाता
५०१ पटक

झापा,१ असोज । झापामा आज थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईका अनुसार ५ महिला र ५ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

उनका अनुसार काँकरभिट्टाको विभिन्न होटल क्वारेन्टिनमा बसेका थप ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मेचीनगर नगरपालिका वडा- ६ र ७ का ४ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुसबै भारतबाट आएको चम्लागाईले बताए ।

यसैगरी दमक नगरपालिका वडा- ५, ८ र ९ का ५ महिला र १ जना पुरुष रहेका छन् । उनीहरु सबै स्थानीय बासिन्दा हुन् । उनीहरुलाई आज मेची प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ । यो संगै झापामा कोरोना संक्रमितको कुल संख्या ७८० पुगेको छ ।

प्रतिकृया दिनुहोस्