News Portal

  • शंकास्पद मृत्युको कोरोना परीक्षण नगर्ने निर्णय फिर्ता लिन माग

    रातोपोस्ट
    २६४ पटक

    काठमाडौं, असोज १ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शंकास्पद मृत्यु भएका व्यक्तिको कोरोना परीक्षण नगर्ने सरकारको पछिल्लो निर्णय तत्काल फिर्ता लिन माग गरेको छ ।

    कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार विज्ञप्तिमार्फत् शंकास्पद मृत्यु भएका व्यक्तिको परीक्षण गरिनु झनै जरुरी रहेको जनाउँदै आफ्नो परिवारको सदस्यको मृत्यु हुनाको वास्तविक कारण थाहा पाउनु नागरिकको अधिकारको कुरा भएको बताउनु भएको छ ।

    परीक्षणबाट मृतकमा संक्रमण पुष्टि भए निकटस्थको परीक्षण गरेर अरुलाई बचाउने सकिने जनाउँदै पार्टीले शंकास्पद मृत्युको परीक्षणबाट ‘रिपोर्ट नेगेटिभ’ आए मृत्युपछिको एक अर्को मानसिक तनावबाट परिवारजन मुक्त हुनसक्ने स्पष्ट गरेको छ । रासस

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)