News Portal

  • विश्वमा कोरोना संक्रमितकाे संख्या ३ करोड नाघ्यो

    रातोपोस्ट संवाददाता
    ६२९ पटक

    एजेन्सी, असोज २ । विश्वभर कोरोना भाइरसको संक्रमित संख्या ३ करोड नाघेको छ । पछिल्लो तथ्यांक अनुसार संक्रमित संख्या ३ करोड ३ लाख नाघेको हो ।

    वल्डोमिटरका अनुसार संक्रमित भइसकेका मध्ये २ करोड २० लाख निको भइसकेका छन् । ९ लाख ५० हजार संक्रमितमको मृत्यु भएको छ ।

    सबैभन्दा बढी संक्रमित अमेरिकामा ६८ लाख ७४ हजार नाघेको छ । जसमध्ये २ लाख २ हजारको मृत्यु भइसकेको छ ।

    भारतमा ५२ लाख संक्रमित संख्या नाघेको छ । त्यहाँ ८४ हजारको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।

    ब्रजिलमा ४४ लाख र रुसमा १० लाख संक्रमित संख्या नाघेको छ । नेपालमा ५९ हजार संक्रमित संख्या नाघेको छ । जसमध्ये ३ सय ८३ जनाको निधन भएको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)