News Portal

झापाका चार स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत हेरफेर, मेचीनगरपालिकामा लम्साल आउने

रातोपोस्ट संवाददाता
११३३ पटक

झापा, असाेज २ । झापाका ४ वटा स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत हेरफेर भएका छन् । विर्तामोड, अर्जुनधारा, गौरादह र मेचीनगरका प्रमुख प्रशासकीय अधिकृत हेरेरफेर गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको पत्र अनुसार बिर्तामोड नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहाल भएका छन् । उनी यसअघि झापा जिल्ला प्रशासनमा काम गर्थे । मन्त्रालयले दाहाललाई विर्तामोडमा प्रमुख प्रशासकीय अधिकृतमा पठाउने निर्णय गरेको छ । विर्तामोडका प्रमुख प्रशासकीय अधिकृत पशुपति खतिवडा भदौ १६ मा उमेर हदले सरकारी सेवाबाट बाहिरिएपछि प्रदेश १ को मुख्यमन्त्री कार्यालयमा कार्यरत दाहाललाई सो जिम्मेवारीमा पठाइएको हो ।

गौरादहका खेम ओझा मोरङको रतुवामाई नगरपालिका सरुवा भएका छन् । उनी तत्कालिन जिल्ला विकास समिति झापाको स्थानीय विकास अधिकारी रहेर काम गरेका थिए । गौरादह नगरपालिकामा रतुवामाईबाट राजेन्द्र भट्टराई आउने भएका छन् ।

मेचीनगरका प्रमुख प्रशासकीय अधिकृत महेन्द्र खाम्याङ अर्जुनधारा नगरपालिकामा जाने भएका छन् भने अर्जुनधाराका प्रमुख प्रशासकीय अधिकृत पंकज भुर्तेल मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय प्रदेश १ मा जाने गरी निर्णय भएको छ । मेचीनगर नगरपालिकामा भने इलामबाट दीनानाथ लम्साल आउने भएका छन् ।

प्रतिकृया दिनुहोस्