News Portal

रगत अभाव : विप्लव निकट अखिल(क्रान्तिकारी) झापाद्वारा रक्तदान

रातोपोस्ट संवाददाता
१०४५ पटक

झापा। देशभर भएको रगत अभावलाई मध्यनजर गर्दै नेत्र विक्रम चन्द (विप्लव )नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) झापाले जिल्लाकाे दमक नगरपालिका स्थित आम्दा अस्पतालमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।                             

आज शुक्रबार अखिल (क्रान्तिकारी) जिल्ला समिति झापाले कार्यक्रम आयोजना गरी रक्तदान कार्यक्रम सम्पन्न गरेको अखिल (क्रान्तिकारी )का जिल्ला संयोजक कुमारले जानकारी दिए।

विश्वव्यापी काेराेना महामारी (Covid-19)का कारण झापा लगायत देशभर रगतको अभावलाई मध्यनजर गर्दै सङ्गठनको केन्द्रीय निर्देशनअनुसार रक्तदान गरिएको सङ्गठनले जनाएको छ ।                                             

यस्तो जटिल परिस्थितिमा रगतको अभाव भएर कुनै बिरामीको अकालमै ज्यान नजाओस् र सानो सहयोगले बिरामीहरूलाई राहत पुगोस् भन्ने उद्देश्यका साथ रक्तदान गरिएको अखिल (क्रान्तिकारी) का जिल्ला संयोजक कुमारले बताए । उनले आगामी दिनमा पनि सङ्गठनले विभिन्न खालका सामाजिक, सेवामूलक तथा रचनात्मक काम निरन्तर गर्दै जाने बताएका छन्।                           

रक्तदान कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी झापा र अखिल (क्रान्तिकारी )का गरी २५ जनाको सहभागिता रहेको संयोजक कुमारले बताए ।                                 

प्रतिकृया दिनुहोस्