
काठमाडौं, असोज २ । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप सात जनाको मृत्यु भएको छ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप सात जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म नेपालमा मृत्यु हुनेको संख्या ३९० पुगेको छ।
यस्तै, शुक्रबार नेपालमा थप २०२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६१ हजार ५९३ पुगेको छ।
संक्रमितमध्ये ४३ हजार ८२० जना निको भएर घर फर्किएका छन्। प्रवक्ता गौतमका अनुसार शुक्रबार कोरोनालाई जितेर ८७१ जना घर फर्किएका छन्।