News Portal

राष्‍ट्रपतिद्वारा संविधान दिवसको शुभकामना

रातोपोस्ट संवाददाता
७८४ पटक

काठमाडौं, असोज ३ । राष्ट्रपति विद्यादेवी भण्डारीले जनताका राजनीतिक अधिकार प्राप्तिका लागि गरिने सङ्घर्षको चरण सम्पन्न भएपछि अब मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनुपर्ने महान् दायित्व हाम्रो काँधमा आएको बताएकी छन्।

संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै राष्‍ट्रपति भण्डारीले संविधान दिवसको यस दिनले समृद्ध नेपाल सुखी नेपालीको साझा राष्ट्रिय सङ्कल्प हासिल गर्न सबै जनप्रतिनिधिमूलक संस्था, राजनीतिक दल तथा राज्यका सबै अङ्गलाई संवैधानिक मूल्य एवम् मान्यता कार्यान्वयन गर्न प्रेरणा दिने विश्वास व्यक्त गरिन्।

संविधानको मर्म र भावनलाई व्यवहारमा रुपान्तरण गर्न मन, वचन र कर्मले समर्पित भई आ-आफ्नातर्फबाट इमान्दार प्रयास जारी राख्न आह्वान गर्दै उनले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचारका लागि नेपाल सरकारले चालिरहेका कदमको सराहनाका साथ त्यसमा चाँडो सफलता मिल्ने अपेक्षा गरेकी छिन्।

संविधानको कार्यान्वयनमार्फत नागरिकको हित र मुलुकको समृद्धि हासिल गर्न पनि राष्ट्रपतिले शुभकामना व्यक्त गरेकी छिन् ।

प्रतिकृया दिनुहोस्