News Portal

छैठौं संविधान दिवस : प्रधानमन्त्रीले आज देशबासीका नाममा सम्बोधन गर्ने

रातोपोस्ट संवाददाता
७७८ पटक

काठमाडौं, असोज ३ । आज छैटौं संविधान दिवस। राष्ट्रिय दिवसका रुपमा समेत मनाइँदै आएको संविधान दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइदैछ ।

यस्तै संविधान दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् । संविधान दिवसको दिन आज बिहान ९ बजे काठमाडौंस्थित सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरीएको छ ।

उक्त कार्यक्रममा प्रधानमन्त्रीले विशेष सम्बोधन गर्ने उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। उनले आजको सम्बोधनमा समसामयिक परिवेश समेटर गर्ने बताइएको छ । २०७२ असोज ३ गते संविधानसभाबाट संविधान जारी भएको दिनलाई संविधान दिवस वर्षेनी मनाइँदै आइएको छ ।

प्रतिकृया दिनुहोस्