News Portal

रगत अभाव:झापापछी इलाममा पनि अखिल (क्रान्तिकारी)काे रक्तदान

रातोपोस्ट संवाददाता
१०२४ पटक

इलाम। देशभर भएको रगत अभावलाई मध्यनजर गर्दै नेत्र विक्रम चन्द (विप्लव )नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) इलामले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।                             

आज शनिबार अखिल (क्रान्तिकारी) जिल्ला समिति इलामले कार्यक्रम आयोजना गरी रक्तदान कार्यक्रम सम्पन्न गरेको अखिल (क्रान्तिकारी )का मेची -काेशि संयोजक पुस्पले जानकारी दिए।

विश्वव्यापी काेराेना महामारी(Covid-19)का कारण देशभर रगतको अभावलाई मध्यनजर गर्दै सङ्गठनको केन्द्रीय निर्देशनअनुसार रक्तदान गरिएको सङ्गठनले जनाएको छ । ब्युरो अन्तर्गत सुनसरी र झापामा यस अघि नै कार्यक्रम सम्पादन गरिसकेको छ भने अन्य जिल्लामा  कार्यक्रम भैरहेको पनि जानकारी प्राप्त भएको छ।            
यस्तो जटिल परिस्थितिमा रगतको अभाव भएर कुनै बिरामीको अकालमै ज्यान नजाओस् र सानो सहयोगले बिरामीहरूलाई राहत पुगोस् भन्ने उद्देश्यका साथ रक्तदान गरिएको ब्युरो संयोजक पुस्पले बताए । उनले आगामी दिनमा पनि सङ्गठनले विभिन्न खालका सामाजिक, सेवामूलक तथा रचनात्मक काम निरन्तर गर्दै जाने बताएका छन्।                                                         

रक्तदान कार्यक्रममा अखिल (क्रान्तिकारी )का १० जनाले रक्तदान गरेको र आगामी दिनमा यसलाई निरन्तरता दिँदै जाने पनि ब्युरो संयोजक पुस्पले बताए ।

प्रतिकृया दिनुहोस्