News Portal

रातो पोष्ट मिडियाको प्रबन्ध निर्देशकमा बालकृष्ण थापा

रातोपोस्ट संवाददाता
१४३७ पटक

झापा, असोज ४ । मेचीनगरबाट प्रकाशित रातो पोष्ट मिडियाको प्रबन्ध निर्देशकमा काँकरभिट्टाका समाजसेवी युवा बालकृष्ण थापा नियुक्त भएका छन् ।

प्रकाशन समूहको बैठक बसेर सामाजिक गतिविधिमा सक्रिय युवा थापालाई उक्त जिम्मेवारी प्रदान गरिएको रातो पोष्ट मिडियाका अध्यक्ष गणेशबहादुर मगरले बताए । प्रबन्ध निर्देशकमा नियुक्त भएका थापा देवकोटा पार्क व्यवस्थापन समितिका सल्लाहकार संयोजक हुन् भने निर्माण समितिका पनि संयोजक छन् ।

विभिन्न संस्थाहरुमा आबद्ध उनी नेपाल राष्ट्रिय वाणिज्य संघ झापा जिल्ला सदस्य तथा मेचीनगर इन्चार्ज समेत हुन् । यस्तै, नेपाल खेलकुद महासंघ प्रदेश नं १ सदस्यको जिम्मेवारीमा रहेका थापाले कोरोना महामारीका बेला आफ्नै सहयोगमा गरिब दुखीलाई राहत वितरण गरेका थिए । उनले त्यसबेला करिब ७ लाख रुपैयाँ बराबरको खाद्यान्य गरिबकै घरमा पुगेर उनले सहयोग गरेका थिए ।

प्रतिकृया दिनुहोस्