News Portal

महाराष्ट्रमा तीन तले भवन भत्कियो, ८ को मृत्यु

रातोपोस्ट संवाददाता
४९६ पटक

एजेन्सी, असोज ५ । भारतको महाराष्ट्रमा तीन तले भवन भत्किँदा आठजनाको मृत्यु भएको छ ।

समाचार एजेन्सी एएनआईका अनुसार स्थानीयले २० जनाको ज्यान बचाएका छन् ।

यो भवनमा अहिले पनि २० देखि २५ जना फसेको हुनसक्ने आशंका गरिएको छ । दुर्घटना सोमबार बिहान करिब पौने चार बजे भएको हो । मुम्बईा पछिल्लो दुई दिनदेखिको भारी वर्षाका कारण भवन कमजोर भइसकेको आशंका गरिएको थियो । यसमा २१ परिवार बस्दथे ।

एनडीआरएफको समूहले सोमबार बिहान एक बच्चालाई सुरक्षित निकालेको छ । सुरुवाती जानकारीका अनुसार भवन सन् १९८४ मा बनेको थियो ।

प्रतिकृया दिनुहोस्