News Portal

चम्कीलो तारा निरकुमार राई कमरेड ‘प्रशान्त’ – सुमनसिंह पौडेल

रातोपोस्ट संवाददाता
२४८२ पटक

दलाल पुजींवादी संसदीय व्यवस्थाको बिकल्पको रुपमा बैज्ञानिक समाजवादी सत्ता स्थापनार्थ जारी एकीकृत जनक्रान्तिको बलिदानीपुर्ण प्रकृयामा हामीले होनाहार प्रिय योद्धा कमरेडहरुलाई गुमाउन पुगेका छौं ।

कमरेड कुमार, राजु, निरन्तर, प्रज्वल, दिपेन्द्र, रामकुमार, राजेश, महान, सनराईज लगायत कमरेडहरुको गौरवपुर्ण बलिदान हूंदै आउने क्रममा गत असार २५ गते हामीले एक होनाहार क्रान्तिकारी, जनताका प्रिय पात्र, जनमुक्ती आन्दोलनमा एउटा आशाको रुपमा उदाइरहेका निरकुमार राइलाई गुमाउन पुग्यौं । निर कुमार राइ अर्थात कमरेड प्रशान्तले जेठ १४ गते भोजपुर टेम्केमयुममा हत्या गरिएका तिर्थराज घिमीरे कमरेड राजुको हत्यामा संम्लग्न मध्यको मुख्य अपराधिक प्रहरीको प्रतिरोध गर्ने क्रममा असार २५ गते भोजपुर सदरमुकाममै शाहदत प्राप्त गर्नु भयो । प्रिय कमरेडरुको गौरवपुर्ण बलिदानीले जनताको बिजयलाई शुनिश्चीत गरीसकेको छ । आन्दोलनलाई थप प्रतिबद्ध वनाएको छ । बलिदानीको संस्कृतीलाई पुन स्थापीत गरेको छ । त्यसैले हजारौं हामी युवाहरु बलिदान गर्न तत्पर छौं, तयार छौं । कमरेडहरुको रगतले रंगीएको रातो झण्डा अन्तिमसम्म समाउने छौं ।

हाम्रो पार्टी सुरक्षाकर्मीहरुसंग कहिलै लडांइ लड्न चहार्दैनु सांचो कुरा यहि नै हो । किनकी हाम्रो पार्टीले स्पष्ट रुपमा भनेको छ जनताको दुश्मन सुरक्षाकर्मीहरु होईनन । जनताको दुश्मन दलाल पुंजीवादी संसदीय व्यवस्था हो र आज यसको नेतृत्व केपी र प्रचण्डले गरीरहेका छन । यहिकुरा बारम्वार पार्टीले भन्दै आईनै रहेको छ ।

तर यहि सुरक्षाकर्मी बिरुद्धको संघर्ष नहुनुको सदासयता र जिम्मेवारी बोधको फाईदा उठाएर एक पछि अर्को गर्दै केही प्रहरी नामका अपराधिक गिरोहले हाम्रा नेता कार्यकर्ताको हत्या गर्ने गिरफ्तारी गर्ने गर्न थालेपछी प्रहरी मध्यकापनी अपराधीक कार्यशैली भएकाहरुको प्रतिरोध गरेरै अगाडि बढ्नु हाम्रो बाध्यतानै थियो । असार २५ गतेको बिहान मनसुन सकृय भएको समयमा भोजपुरमा त्यही भएको थियो अर्थात प्रतिरोध । त्यसैले त्यहाँ प्रहरीतर्फका एक जनाको  मृत्यू हुन पुग्यो ।

निरकुमार राइ प्रशान्तले प्रहरीसंग मुठभेट नगर्न र त्याहां उत्पन्न हुन सक्ने सम्भावित दुर्घटनाबाट सबैलाई बचाउन अांफ्नो तर्फबाट सम्भव भएसम्मको प्रयत्न गर्नु भएको थियो । घटना पछि सार्वजानीक भएका तथ्यहरुले यहि कुरा वताएका छन् । तर जल्लादी दिमाग लिएर आफ्नै बर्ग, आफ्नै दाजुभाइ, आफ्नै छिमेकी र आफ्नै देश माथि आक्रमण गर्न पागल भएर हिडिरहेको अपराधीक समुहले त्यो कुरा बुझ्न सकेन ।

सबै त होईन केही औंलामा गन्न सकीने जो झोलामा पेस्तोल बोकेर दलालहरुको हनुमान भएर उनीहरुकै भाषमा भन्ने हो भने बिप्लवका मान्छे खोज्न हिड्ने गरेका छन् । उनीहरुले मुलुकको बिषयमा, जनताहरुको बिषयमा र आफ्नै भविष्यको बिषयमा थोरैपनी सोच्न सकीरहेका छैनन्, यो स्थिती हेर्दा ताजुव लाग्छ । किन सोच्दैनन आफु र आफ्रनो परिवारको भबिष्यको बारे ? किन सोच्दैनन देशको वर्वादिको वारे ?  किन देख्न सक्दैनन सपना यो मुलुक र हामी जनताको सुखको वारे ? यति तुच्छ किन बन्नु पर्यो ?  के को लागी  ? कसका लागी ? अब प्रहरीहरुले गम्भीर भएर सोच्न जरुरी छ ।

सुरक्षकर्मीहरुले पनि एकपटक यो देशको वर्वादीको कारक दलाल पुजींवादी संसदीय सत्ता बिरुद्ध उठ्न जरुरी छ । राष्ट र जनताको पक्षमा लड्ने मानशिकता बनाउन जरुरी छ । धेरै देशहरुमा यस्तो भएका छन् जंहा त्यो देशका सुरक्षाकर्मीहरु जनसघर्षंमा सहभागी भएर सत्ता बिरुद्ध लडेका छन्, र जनताको सत्ता स्थापना भएको छ ।

मृत्यू भैसकेका संजिवको बिषयमा धेरै भन्न मन छैन । किनकी संजिव हाम्रै दाजुभाई थिए, उनी वर्गीय हिसावले पनि हाम्रो आफ्नै वर्गका थिए । तर संजिव प्रवृतीको बिषयमा टिप्पणी गर्दा संजिव स्वयम आफ्नै वर्गको बिरोधी भएर निस्कीए । त्यसैले उनी जनताको आन्दोल दबाउन कस्सीएरै लागे, तिर्थको हत्यामा समेत उनी अग्रपंक्तिमा थिए ।

संजिव खै के चाहान्थे ? निरकुमार कमरेडको हत्या गर्न पागल झैं घुमीरहेको संजीवको टोलीलाई उनीहरुको हाकिमको अगाडि काम देखाउनु थियो होला सायद । हाकिमको अगाडी तनक्क तन्कीएर भन्न मन थियो होला, मैले निरकुमारलाई हत्या गरे अथवा गिरफ्तार गरे भनेर । एउटा ईमान्दार देशभक्त क्रान्तीकारीको हत्या गरेर मेडल थाप्नु थियो होला सायद । के यो कुरा सही हो  ? सही थियो त ? यो सही थिएन, सही यस कारण थिएन कि निरकुमार कुनै अपराधी थिएनन् ।

निरकुमारले तिनै संजिवहरुको जिवनलाई समृद्ध गर्न आफ्नो जिवन बलिदान गर्ने संकल्प लिएर आन्दोलनमा सहभागी भएका थिए र फेरी पनि सत्य केहो भने निर कुमारको रगत तीनै सजिवहरुको सन्तानको भवीष्यको लागी बगेको छ । तर दुखको बिषय केही मुठठीभर दलालहरुको स्वार्थको निम्ती संजिवले ज्यान गुमाउनु पर्यो । आगामी दिनमा संजिव पथमा लाग्नेहरुले गम्भीर बन्नै पर्छ । आफ्नो वर्ग बिरोधी केही दलालहरुको स्वार्थको लागी ज्यान नगुमाउन् भन्ने कामना गर्न चाहान्छु । ज्यान गुमाउनै परे पनि राष्ट र जनताको मुक्ति र अधिकार प्राप्तिको निम्ती होस ।

भोजपुर, सखुवासभा, सोलुखुम्बुलगायतका जिल्लाहरुमा राज्य दमन तिव्र बन्दै गएको थियो । हेलिकप्टर मार्फत सर्चको नाममा जनतालाई आतकींत पार्ने काम भैरहेको थियो । राज्यले नेकपाका नेता कार्यकर्ताहरुको हत्या,  गिरफ्तारीलाई तिब्र बनाउदैं लगेको थियो । यस्तो बेलामा कमरेड निरकुमारलाई प्रहरीले घेर्न पुगे ।

निरकुमार कमरेडको रगतमा देश र जनताको अधिकार र मुक्तिको निम्ती आफुले खेल्नु पर्ने भूमिका र कर्तव्य एकाएक ठिङ्ग भएर उभियो, स्वाभिमान जाग्यो । अन्तत प्रतिरोध गर्नैपर्ने स्थीती बनेपछि उहाले प्रहरी माथि गोली प्रहार गर्नु भयो । उंहालाई गिरफ्तार गरीयो, आतमासमर्पण गर्न लगाईयो उहाले आत्मासमर्पण गर्न अश्वीकार गर्नु भयो । बरु आफुले पनि मृत्‍युको सामना गर्नु भयो ।

सायद नेपाली जनताहरुको मुक्तिकामी लडाइमा निरकुमार कमरेडको इतिंहास सधैंंभरी सगरमाथा झैं अग्लो रहने छ । किनकी निरकुमार कमरेडले जुन सौर्य, जुन पराक्रम प्रर्दशन गर्नु भएको छ त्यो एकीकृत जनक्रान्तिको प्रकृयामा मात्र होईन अधीकार र मुक्तिका निम्ती लडीने सबै लडांईमा स्मरण गरीने छ, निरकुमार पथलाई पछ्याईने छ , युग युगसम्म कमरेड निरकुमारलाई सम्झना गरीने छ । हाम्रो पार्टिले स्थापनाकाल देखिनै स्पस्ट रुपमा भन्दै आएको कुरा के हो भने हामी सुरक्षाकर्मीहरु बिरुद्ध संघर्स गर्दैनौ । तर यसको मतलब यो होईनकी हामी प्रतीरोध गर्दैनौ । दलाल पुंजीवादी संसदीय सत्ताले आफ्नो लुटको साम्राज्य बचाउन जब जब आफ्ना प्रहरीहरु प्रयोग गर्छ र प्रहरीहरु जनदमनमा उत्रन पुग्छन त्यतीबेला आफ्ना अगाडी अबरोधको रुपमा आई लागेका काडेंतार पन्छाएर अगाडी बड्नु आन्दोलनको निम्ती अनीवार्य भएर आउछ ।

प्रतिरोधी युद्ध अनिवार्य भएर आउछ । यसमा केही भ्रम छैन जनसघर्षका बिरुद्ध राज्य सत्ताले आफ्नो बुताले भ्याए सम्म दमन गरेर अगाडी आउछ, जनतालेपनी दमन अनुसारकै प्रतिरोध गरेर अगाडी बढ्छन । त्यसैले यो संवेदनलितालाई सबै सुरक्षकर्मीहरुले बुझ्न पर्छ र जनता बिरुद्ध दमन थोपर्न अगाडी बड्नु हुदैन । यधपी बिप्लब नेत्रित्वको नेपाल कम्युनिष्ट पार्टी सुरक्षाकर्मी बिरुद्ध लक्षित छैन भन्ने बिषय आम सुरक्षाकर्मी र नागरिकहरुको बिचमा थापित भईसकेको छ ।

त्यसैले यो बिषयमा कही कतै भ्रम रहेको पाइन्न । यो बिषय बुझेकाहरु हाम्रो आन्दोलनलाई आवश्यक रहेको ठान्दै बिभिन्न कोणबाट सहयोग गरिनै रहेका छन । त्यसरी सहयोग गर्नेहरुमा प्रहरीहरुनै पनि छन, कर्मचारीहरु छन सरकार भित्रकै धेरै पात्रहरु छन । त्यसैले यतीबेला दलाल पुजिंवादी संसदीय सत्ता बिरुद्ध जारी एकीकृत जनक्रान्तिको प्रकृयाप्रति आममा साझा धारणा बन्न थालेको छ की यो आन्दोलन आवश्यक रहेको छ । हरेक ढङ्गले क्रान्तिलाई सहयोग सबै क्षेत्रबाट भैरहेको छ ।

तर सत्ताको उन्मादमा पागल भएका सत्ताधारी हिटलरका चेलाहरु जनताको बिचबाट उठेको आन्दोलन र यसको उच्च प्रभावलाई दबाउन न्वारान देखिकै बल लगाएर अगाडि आएका छन । जनताको विचबाट उठेको आन्दोलनले आफ्नो सत्ता खरानी हुने ठानेपछी तिल्मीलाएका केपी प्रचण्डहरु जसरी पनी आन्दोलनलाई परास्त गर्ने दाउपेचमा लागेका छन् । हो तिनै सत्ताधारी गिरोहहरुकै निर्देशनमा, योजनामा तिनिहरुकै बिभिन्न कालो धन्दा चलाउन भुमीका खेलीरहेका, उनीहरुकै जुठो खाएर सत्ताको आडमा लुटको दानापानी खाएर मात्तिएका, घुमुवाको नाममा बजारमा हप्ता असुली गर्ने केही प्रहरी नामका डकैतहरु भने नेकपालाई खत्तम गर्छां भनेर लागिरहेका छन ।

पात्रहरुको अनुहार र सम्पुर्ण बिवरण प्राप्त गर्न अहिलेको सुचना प्रबिधीको दुनिंयामा त्यती गारो भने छैन । जसको फेहेरिस्त जनताको बिचमा, पार्टी संग जतीबेलापनी सुरक्षितनै छ । हिजो पंचायतले मण्डलेहरु तयार ग‍र्याे र पंचायातको बफादारी गर्ने प्रहरीहरुलाई बेस्सरी प्रयोग गर्याे । पंचायती व्यवस्था ढल्यो । सत्ताको मातले उम्लिएको पंचायत र उसको जुठो खाएर जनताको संघर्षलाई दबाउन तम्सिएको प्रहरीहरु अन्तत जनता उठेपछी ब्यवस्था खारेज हुन्छ भन्ने चेत पाउने अवस्थामा पुगे ।

पचायात ढले पछी त्यसबेला आन्दोलन दबाउन सकृयहरुमाथी भएका कारबाहीहरुबाट पनि केही सिक्नु पर्छ यतीबेलाका जनता बिरुद्ध परिचालीत प्रहरीहरुले त्यस्तै जनयुद्धलाई दबाउन लाग्नेहरुको हालत पनि त्यती राम्रो भएन । प्रचण्डहरुले क्रान्ति प्रती गद्दारी गरेर तिनै जनबिरोधी दलालहरुसंग घांटी जोड्न पुगे अन्यथा जनयुद्ध दबाउन लाग्नेहरुको हालत आजको दिनमा निक्कै भयावह हुने थियो ।

त्यसैले जनसंघर्ष दवाउन प्रहरीले भुमीका खेल्नु कुनै हिसावले पनी सही छैन । यतीबेला नेकपाले संचालन गरेको आन्दोलन यो देश र हामी आम जनताको भाग्य र भवीष्यलाई सुरक्षा गर्ने आन्दोलन भएकोले सुरक्षार्मीहरुले पनी यो आन्दोनलाई आफ्नै आन्दोलन ठान्न जरुरी छ । यो दलाल पुंजीवादका बिरुद्ध गरीने संघर्ष अर्थात एकीकृत जनक्रान्तिका बिरुद्धलाग्नु भनेको आफ्नै बिरुद्ध लाग्नु हो, परिवार बिरुद्ध लाग्नु हो, देश बिरुद्ध लाग्नु हो ।

निरकुमार राई कमरेड प्रशान्त १० बर्षे जनयुद्धमा कुशलतापुर्वक लड्नु भएको एक कुशल कमान्डर हुनुहुन्थ्यो । उहा जनमुति सेनाबाट निस्कंदा बबटालीयन भाईस कमण्डरको भुमीकामा हुनुहुन्थ्यो । उहाले धेरै मोर्चाहरु लड्नु भएको थीयो । आजपनी उंहालाई जनयुद्धकालीन कमाण्डर, सदस्यहरुले प्रेमपुर्वक स्मरण गर्छन । उहा कुशल कमाण्डरसंगै एक कुशल संगठकपनी हुनुहुन्थ्यो । पार्टीमा चलेको लाईन सघंषर्मा क्रान्तीकारी लाईनमा उभीदैं आउने क्रममा उहा नेपाल कम्युनिष्ट पार्टी भोजपुर कमीटीमा रहेर लामो समय सम्म काम गर्नु भएको थियो ।

त्यसपछी एक बर्ष अगाडी देखी उहा ओखलढुङ्गाको पार्टी जील्ला सेक्रेटरीको रुपमा सकृयता पुर्वक कार्यरत हुनुहुन्थ्यो । लगनशील, मिहेनती, मिलनशार, पार्टीको कामप्रती प्रतिबद्ध, अनुशाशीत र जनप्रीय नेता हुनुहुन्थ्यो कमरेड निरकुमार राई । कमरेड निरकुमारको बुवा र दुई दाजुहरु हनुहुन्छ । उहा परीवारको कान्छो छोरो हो । उहाकी बहीनी ल९मी राई कमरेड ‘योजना’ ले २०६० सालमा भोजपुरको बोयामा शाहदत प्राप्त गर्नु भएको थीयो । उहाकी श्रीमती र एक छोरा भोजपुर सदरमुकाममै बिगत ४ बर्ष अगाडी देखी बस्दै आउनु भएको छ ।

जनताको मुतको निम्ती संघर्ष गर्ने दौरानमा कमरेड निरकुमार सहीत उहाको परीवारबाट दुईजनाले बलिदान गर्नुभएको छ ।
नेपालमा सदीऔं देखी जारी अन्याय, अत्यचार, लुट सोषण , बिभेदको अन्त्य गरेर यो देशलाई समृद्ध गर्नु छ । यसको निम्ती दलालहरुको क्याम्पमा हमला अनीवार्य छ । आज नेपाली जनताहरुलाई दास गुलाम जस्तो बनाइएको छ । जनताले एक छाक खान पाएका छैनन्, एक आङ्ग राम्रो लाउन पाएका छैनन । उपचार र शिक्षा पाएका छैनन , सुरक्षा छैन, आम जनताको जीवन अस्तब्यस्त छ । ८० लाख भन्दा बडी युवाहरुले परदेशमा रुंदै पसिना बगाउनु परेको छ ।

आफ्नो परीवार सम्झीएर छट्पटीनु परेको छ । नेपालको प्राकृतिक श्रोतहरु कौडिको भाउमा बेचेर मोज गरिरहेका संसदबादीहरुलाई हाइ सुख छ यो देशमा । उनीहरुका परीवार नातागोतालाई आएको छ गणतन्त्र । संसवादीहरुको संसारमा छाएको छ सुख । त्यसैले बिद्रोहको ज्वाला दन्कीदैछ, प्रतिरोधको आगो फैलदैछ, आक्रोशका आवाजहरुले कम्पायमान हुंदैछ दुनींया, जनता जाग्दैछन जीत्नलाई ।

यहा बलिदानलाई स्वीकार गरेरै अगाडी बढ्नुनै छ त्यसैले रोएर बांचेका जनताहरुको खामा आएको आशुले पिरोल्ने निरकुमारहरुका छाती, सुन्दर सपना देखेर जीवन बलिदान गर्ने हज्जारौ शाहीदहरु सम्झेर जुरुक्क हुने निरकुमारहरुको मन, दलाल तस्कर र माफियाहरुले यो देशलाई चार तिरबाट लुछिरहदा सहन नसकेर प्रतिरोधमा उत्रने निरकुमारहरुको सचेतना , आक्रोश, र सांच्चिकै दुनियाँभरका स्पार्टाकसहरुलाई सिकाउन सक्ने कमरेड निरकुमारको बिरता र पराक्रम महान छ ।

निरकुमारले सहादत  प्राप्त गरेपनी उहा बांचिरहनु हुने छ । उहाको पथलाई पछ्याईरहने छ दुनीयांले,  इतिहासमा अमर बनिरहनु हुनेछ , देशको चम्कीलो तारा भएर चम्किरहनु हुनेछ कमरेड निरकुमार ।                             

लेखक:नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाका तत्कालीन इन्चार्ज सुमनसिंह पाैडेल हुन। 

प्रतिकृया दिनुहोस्