News Portal

नेविसंघका तीन कार्यकर्ता पक्राउ

रातोपोस्ट संवाददाता
३०९ पटक

काठमाडौं, असाेज ६ । नेपाल प्रहरीले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरबाट नेपाल विद्यार्थी संघ (नेविसंघ) का तीनजना कार्यकर्ता पक्राउ गरेको छ । त्रिविअगाडि प्रदर्शनका क्रममा प्रहरीले नेविसंघका कार्यकर्ताहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले प्रदर्शनका क्रममा नेविसंघ विश्वविद्यालय समितिका सचिव योगेन्द्र रावल, दीपक ओझा र रुपेश शाहलाई पक्राउ गरेको केन्द्रीय महासचिव बलदेव तिमल्सिनाले पुष्टि गरेका छन् । नेविसंघ विश्वविद्यालयमा पदाधिकारीलाई प्रवेशमा रोक लगाएर आन्दोलन गर्दै आएको छ ।

उनले विश्वविद्यालयमा व्याप्त विकृति, विसंगति, बेथिति, भ्रष्टचारसँगै विश्वविद्यालयलाई नेकपाका कार्यकर्ताहरुको भर्तीकेन्द्र बनाउने र कब्जा गर्ने दूषित मनसायविरुद्ध नेविसंघ त्रिवि समितिले गरिरहेका र गर्ने सबै प्रकारका शान्तिपूर्ण प्रदर्शन र गतिविधिमा केन्द्रीय कार्यसमितिको ऐक्यबद्धता पनि प्रकट गरेका छन् ।

“वार्ता, संवाद, छलफल र समन्वयमार्फत सामाधान पहिल्याउनुको साटो उल्टै विद्यार्थीमाथि दमन, धरपकड र प्रहरी प्रशासनको बलमा आफ्नो कुत्सित मनसाय पूर्ति गर्ने खेलमा विश्वविद्यालय उद्दत भएको हाम्रो ठहर छ,” महामन्त्री तिमल्सिनाले फेसबुकमा लेखेका छन्, “पक्राउ गरिएएका बिद्यार्थी नेताहरुलाई तत्काल रिहा गर्न र वार्ता र संवादमार्फत नेविसंघका जायज माग पूरा गर्न विश्वविद्यालयको गम्भीर ध्यानाकर्षण गराउँन चाहन्छु ।”

प्रतिकृया दिनुहोस्