News Portal

  • राप्रपाको चुनाव चिह्न हलो, कमल थापा भन्छन् – पार्टी जोगाउन सम्झौता

    रातोपोस्ट संवाददाता
    ४२० पटक

    काठमाडौँ, असाेज ६ । राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनाव चिह्न हलो हुने भएको छ । राप्रपा संयुक्तसँग एकीकरण भएको ६ महिनापछि चुनाव चिन्हको विवाद टुंगिएको छ ।

    राप्रपाका अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीबीच हलो चुनाव चिन्ह राख्ने सहमति भएको हो । यसअघि राप्रपाको चुनाव चिह्न गाई थियो भने राप्रपा संयुक्तको भने हलो रहेको थियो ।

    राप्रपाको झण्डा, अन्तरिम विधानमा टेकेर गत फागुन २४ मा पार्टी एकता गर्ने समझदारी गरे पनि उनीहरूले ६ महिनाभित्र उपयुक्त निकायबाट चुनाव चिह्न टुंग्याउने सहमति भएको थियो ।

    तर, अध्यक्षद्वय राणा र लोहनीले शीर्ष तहबाटै चुनाव चिह्न टुंग्याउनुपर्ने अडान राखेपछि तीन अध्यक्षबीच सहमतिका प्रयास भएका थिए ।

    अध्यक्ष थापाले हलो चुनाव चिन्ह स्वीकार गर्नु बाध्यता भएको बताएका छन् । उनले हिन्दुराष्ट्रको एजेण्डा बोकेको राप्रपाको निम्ति ‘गाई’ उपयुक्त चुनाव चिन्ह भएको तर, पार्टी एकता जोगाउन सम्झौता अनिवार्य भएको बताएका छन् ।

    साथै उनले कार्यकर्तालाई परिस्थितिजन्य वाध्यतालाई सहजरुपमा लिन कार्यकर्तालाई आग्रह समेत गरेका छन् ।
    उनले भनेका छन् – ‘हिन्दुराष्ट्रको एजेण्डा बोकेको राप्रपाको निम्ति ‘गाई’ उपयुक्त चुनावचिन्ह हो । तर,पार्टी एकता जोगाउन सम्झौता अनिवार्य भयो । परिस्थितिजन्य यो वाध्यतालाई सहजरुपमा लिइदिन पार्टीका साथी/शुभचिन्तकहरुमा अपिल गर्दछु । अब राप्रपालाई बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने अभियानमा लागौं ।’

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)