News Portal

पछिल्लो २४ घण्टामा १३५६ जनामा कोरोना संक्रमण, २ जनाको मुत्यु

रातोपोस्ट संवाददाता
४६६ पटक

काठमाडौं, असोज ६ । नेपालमा पछिल्लो २४ घण्टायता देशभरका विभिन्न प्रयोगशालामा थप १३५६ जनामा कोरोना संक्रमण देखिएको छ। यससँगै हालसम्म मुलुकमा कोरोना संक्रमित हुनेको संख्या ६६ हजार ६३२ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङ अनुसार पछिल्लो २४ घण्टामा निको हुनेको संख्या ८२३ छ। हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ४८ हजार ६१ पुगेको छ। मुलुकभर हाल सक्रिय संक्रमितको संख्या १८ हजार १४२ छ। त्यसमध्ये ९ हजार १९३ जना संस्थागत आइसोलेसनमा र ८९४९ होम आइसोलेसनमा छन्।

पछिल्लो २४ घण्टामा गरिएको पीसीआर नमूना परीक्षणको संखया ११ हजार १५४ रहेको मन्त्रालयले जनाएको छ। त्यसैगरी क्वारेन्टिनमा ७ हजार १७१ रहेको छ। साथै आईसीयूमा २२३ जना र भेन्टिलेटरमा ३७ जनाको उपचार भइरहेको छ। पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

प्रतिकृया दिनुहोस्