News Portal

  • ओली र प्रचण्डविरुद्धको मुद्दा तामेलीमा राख्न सर्वोच्चको आदेश

    रातोपोस्ट संवाददाता
    ३२८ पटक

    काठमाडौं, असोज ६ । सर्वोच्च अदालतले नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डविरुद्ध परेको अवहेलनाको मुद्दालाई तामेलीमा राख्ने निर्णय गरेको छ ।

    मंगलबार न्यायाधिश तेजबहादुर केसीको एकल इजलासले तत्कालीन एमाले र माओवादी केन्द्रको अध्यक्षका हैसियतमा दायर भएको अवहेलना मुद्दा तामेलीमा पठाउने आदेश दिएको हो ।

    २०७४ मंसिर १० हुने प्रतिनिधिसभाको चुनावमा वाम गठबन्धन बनाएर निर्वाचनमा होमिएका दुई दलका अध्यक्षले जसरी पनि चुनाव हुनुपर्ने अभिव्यक्ति दिएका थिए । तत्कालीन राजपाका नेता सर्वेन्द्रनाथ शुक्लाले प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव छुट्टाछुट्टै हुनुपर्ने भन्दै रिट दायर गरेका थिए।

    सर्वोच्चले पनि उनको माग बमोजिमको आदेश जारी गरेको थियो । शुक्लाले ओली र दाहालले अदालतको आदेशविरुद्ध अभिव्यक्ति दिएको भन्दै २०७४ कार्तिक १३ गते सर्वोच्चमा अवहेलना मुद्दा दर्ता गरेका थिए ।

    उक्त मुद्दामाथि सुनिवाई गर्दै आज सर्वोच्चले निवेदकले नै तारिख गुजारेको भन्दै मुद्दालाई तामेलीमा पठाउने निर्णय गरेको सर्वोच्च प्रशासनले जानकारी दिएको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)