News Portal

झापामा थप २० जनामा कोरोना संक्रमण पुष्टि

रातोपोस्ट संवाददाता
४८६ पटक

झापा, असोज ६ । झापामा आज थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मङ्गलबार झापामा २० जनामध्ये १ जना भारतबाट आएका र १९ जना स्थानीयलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय झापाका अनुसार दमक नगरपालिका वडा -४, ५, ७ र ८ का १५ जना, मेचीनगर नगरपालिकाका वडा- ३ का २ जना स्थानीय महिला र इलामका १ जना पुरुष भारतबाट आएर काँकरभिट्टाको होटल क्वारेन्टिनमा बसेका हुन् ।

त्यस्तै भद्रपुर नगरपालिका वडा- १ का २७ वर्षीय पुरुष, कमल गाउँपालिका वडा- ७ का २२ वर्षीया महिला रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।योसँगै झापामा कोरोना संक्रमितको संख्या ८१३ पुगेको छ ।

प्रतिकृया दिनुहोस्