News Portal

देशका विभिन्न स्थानमा भारी बर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

रातोपोस्ट संवाददाता
७८६ पटक

काठमाडौं, असाेज ७ । बुधबार देशभर सामान्यदेखि पूर्ण बदली रही देशका विभिन्न स्थानमा भारी बर्षाको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल उत्तरपूर्व बंगालको खाडीमा रहेको न्युन चापीय क्षेत्र पश्चिम उत्तर-पश्चिम तर्फ सर्ने क्रममा देशका विभिन्न स्थानमा बर्षा सम्भावना रहेको छ ।

आज दिउँसोपछि देशभर सामान्य देखि पुर्णतया बदली रही देशका धेरैजसो स्थानहरूमा हल्कादेखी मध्यम बर्षा हुने सम्भावना हरेको छ भने प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का केही स्थानमा भारी बर्षाको सम्भावना रहेको छ।

त्यस्तै आज राति पनि देशभर सामान्य देखि पुर्णतया बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित बर्षाको सम्भावना रहेको छ, भने प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका एक दुई स्थानमा भारी बर्षा हुने जनाइएको छ ।

प्रदेश नं १, प्रदेश नं २ र बाग्मती प्रदेशका केही स्थानमा भारी बर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।

प्रतिकृया दिनुहोस्