News Portal

  • असोज १० गते प्रेस क्लब मेचीनगरको अधिवेशन हुँदै

    रातोपोस्ट संवाददाता
    ६३१ पटक

    झापा, असोज ७ । प्रेस क्लब मेचीनगरको पहिलो अधिवेशन यही असोज १० गते शनिबार हुने भएको छ ।

    प्रेस क्लब मेचीनगर समितिको असोज ५ गते बसेको बैठकले काँकरभिट्टा खानेपानी संस्थाको सभाहलमा अधिवेशन गर्ने निर्णय गरेको हो । मेचीनगरका सञ्चारकर्मीहरुको छाता संगठनको रुपमा रहेको क्लब तीन महिनाअघि एकीकरण भएको थियो ।

    तत्कालीन मेची बोर्डर जर्नालिष्ट एसोसिएशन र प्रेस क्लब मेचीनगरबीचको एकीकरण भेलाले असोज १३ गतेभित्र अधिवेशन गर्ने म्याण्डेट दिएको थियो । सोही अनुरुप प्रेस क्लबको अधिवेशन सम्पन्न गर्ने तयारीमा लागिएको क्लबका सचिव झुलन रेग्मीले बताए ।

    प्रेस क्लबका संयोजक मुक्ति पौडेलको अध्यक्षतामा बसेको बैठकले पुरानो सदस्यता नवीकरण तथा नयाँ सदस्यता प्रदान गर्नेगरी कानूनी प्रक्रियासमेत अघि बढाइएको सहसंयोजक ज्ञानेन्द्र निरौलाले बताए ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)