News Portal

साँझ पाँच बजे मन्त्रिपरिषद् बैठक बस्दै

रातोपोस्ट संवाददाता
३७३ पटक

काठमाडौं, असाेज ८ । मन्त्रिपरिषद् पुनर्गठनको हल्ला चलिरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । साँझ पाँच बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाइएको एकमन्त्रीले जानकारी दिए । नियमित विषयमा छलफल हुने ती मन्त्रीको भनाइ छ ।

अहिले बालुवाटारमा प्रधानमन्त्री ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल जारी छ । उनीहरूबीच मन्त्रिपरिषद् पुनर्गठनलगायतका विषयमा छलफल भइरहेको स्रोतको दाबी छ ।

प्रतिकृया दिनुहोस्