News Portal

कोरोना संक्रमितको संख्या ७० हजार नजिक, आज थप १४९७ जनामा संक्रमण

रातोपोस्ट संवाददाता
४४० पटक

काठमाडौं, असाेज ८ । देशभर कोरोना संक्रमितको संख्या ७० हजार नजिक पुगेको छ। पछिल्लो २४ घण्टामा एक हजार ४९७ जनामा कोभिड-१९ पुष्टि भएसँगै देशभर कोभिड संक्रमण भएका व्यक्तिको संख्या ६९ हजार ३०१ जना पुगेको छ।

यद्यपि ५० हजार ४११ जना संक्रमित संक्रमणमुक्त भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। बिहीवारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले संक्रमण बढ्न थालेको बताए। उनका अनुसार ११ हजार ४ सय ४९ जनाको पीसीआर गर्दा आज थप १ हजार ४ सय ९७ जनामा संक्रमण पुष्टि भएको हो।

यसैगरी कोभिड-१९ संक्रमणका कारण मृत्यु हुनेको संख्या पनि बढ्दो छ। बिहीवारमात्रै कोभिड १९ संक्रमण भएका १७ जनाको मृत्यु भएको छ। हालसम्म संक्रमणका कारण ४५३ जनाको मृत्यु भइसकेको छ।

देशभर सक्रिय संक्रमितको १८ हजार ४३६ रहेको मन्त्रालयले जनाएको छ। २५ हजार भन्दा बढी सक्रिय संक्रमित भएमा देश फेरि लकडाउन गर्ने मन्त्रालयले बुधवार नै उल्लेख गरिसकेको छ।

प्रतिकृया दिनुहोस्