News Portal

कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु

रातोपोस्ट संवाददाता
४३१ पटक

काठमाडौं, असाेज ८ । नोभेल कोरोना भाइरसको संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १७ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

बुधबार कोरोना संक्रमणबाट ७, मंगलबार दुई र सोमबार १६ जनाको मृत्यु भएको थियो ।

कोरोना संक्रमणबाट आइतबार देशभर १० जनाको मृत्यु भएको थियो भने शनिबार ११ जनाको मृत्यु भएको थियो ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५३ पुगेको छ ।

प्रतिकृया दिनुहोस्