News Portal

काठमाडौंमा कोठा खोज्न आएका युवकले घरधनीको सिक्री लुटे

रातोपोस्ट संवाददाता
७८३ पटक

काठमाडौं, असोज ९ । बिहीबार साँझ कोठा खोज्ने निहुँमा काठमाडौं पेप्सीकोला पुगेका दुई युवकले घरधनीको सुनको सिक्री लुटेर भागेका छन्।

प्ररहीका अनुसार डेरा खोज्दै पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टनजिकै घर भएकी पवित्रा बिडारी उप्रेतीको घर पुगेका दुई युवकले उनको सिक्री लुटेर भागेका हुन्। भुइँतलाका दुई कोठा मासिक १० हजार तिर्नेगरी लिने कुरा मिलिसकेपछि उनीहरूले घरमा को-को हुनुहुन्छ भनेर सोधेका थिए।

त्यसपछि घरधनी उप्रेतीले दोस्रो तला भाडामा दिएको र तेस्रो तलामा छोरो बस्ने जानकारी गराएपछि उनीहरूले एक्कासि सुन, पैसा मागे र सबै नदिए राम्रो नहुने चेतावनी दिए।

अनि आफूले डराएर लगाइराखेको १ तोलाको सिक्री दिएको पीडित महिलाले बताएकी छन्। सिक्री पाएपछि ती युवक स्कुटरमा भागेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्