News Portal

झापामा कारागारका ७ कैदी सहित १४ जनामा कोरोना पुष्टि

रातोपोस्ट संवाददाता
४३३ पटक

झापा, ९ असोज । झापामा ७ जना कारागारका कैदी सहित १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रबार झापामा थपिनेमा भद्रपुर जिल्ला कारागारका ७ जना कैदीबन्दी, २ जना प्रहरी र १ जना कर्मचारी तथा अन्य पालिकाका १ जना महिलासहित ४ जना स्थानीयलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले भद्रपुर नगरपालिका वडा- १० का १० जनामध्ये १ महिला र ९ जना पुरुष रहेको बताए । उनका अनुसार १० जनामा ७ जना कारागारका कैदीबन्दी, २ जना प्रहरी र १ जना कारागारका कर्मचारी हुन् ।

त्यस्तै बिर्तामोड नगरपालिका वडा- ५ का १ जना महिला, शिवसताक्षी नगरपालिका वडा- १ का १ जना पुरुष र झापा गाउँपालिका वडा- ६ का २ जना स्थानीय रहेको चौलागाईले जानकारी दिए ।

योसँगै झापामा कोरोना संक्रमितको संख्या ८३६ पुगेको छ । निको हुनेको संख्या ७५७ छ । सक्रिय संक्रमितको संख्या ७३ जना छन् भने हालसम्म ६ जनाको मृत्यु भईसकेको छ ।

प्रतिकृया दिनुहोस्