News Portal

अनसनरत डाक्टर केसीका मागमा नेविसंघको ऐक्यवद्धता

रातोपोस्ट संवाददाता
६३३ पटक

काठमाडौं, असोज ९ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले अनसनरत डा. गोविन्द केसीका मागमा ऐक्यवद्धता जनाउदै तत्काल जायज माग पुरा गर्नुपर्नेमा जोड दिएको छ ।

शुक्रबार नेविसंघ अध्यक्ष राजिव ढुंगाना नेतृत्वको पदाधिकारीसहित प्रतिनिधिमण्डलले अनसनरत डा. केसीलाई त्रिवि शिक्षण अस्पताल पुगेर भेट्दै केसीका मागमा ऐक्यवद्धता जनाएको हो । डा. केसीले उठाएका चिकित्सा शिक्षा सुधारका सबै मागमा नेविसंघले ऐक्यवद्धता जनाएको नेविसंघ अध्यक्ष राजिव ढुङ्गानाले जानकारी दिए ।

सरकारले डाक्टर केसीसँग तुरून्त वार्ता गरी मागहरू सम्बोधन गर्नुपर्ने उनको भनाई छ । डा. केसीले उठाएका मुद्धाहरु जनताको मुद्धा रहेको भन्दै सरकारले माग पुरा गर्नुपर्नेमा दमन गरेको भन्दै उनले तत्काल केसीले उठाएका माग पुरा गर्न सरकारको ध्यानाकर्षण गराए ।

चिकित्सा क्षेत्रको सुधारको माग गर्दै १९ औं पटक अनसन बसेका डा. केसीको १२ औ दिनसम्म पुग्दा स्वास्थ्य कमजोर हुँदै गएको चिकित्सकहरुले जनाएका छन् ।

प्रतिकृया दिनुहोस्