News Portal

प्रेस क्लब मेचीनगरको अधिवेशन आज, दुई पत्रकार पुरस्कृत हुने

रातोपोस्ट संवाददाता
४४८ पटक

झापा, असोज १० । प्रेस क्लब मेचीनगरको अधिवेशन आज बिहान ९ बजेदेखि शुरु हुने भएको छ । झापाको मेचीनगर कार्यक्षत्र बनाएर पत्रकारिता गरिएका पत्रकारहरुको छाता संस्थाका रुपमा रहेको प्रेस क्लब मेचीनगरको अधिवेशन हुने भएको हो ।

आगामी दुई बर्षेको लागि नयाँ समिति चयन गरि अधिवेशन सम्पन्न हुने प्रेस क्लब मेचीनगरका संयोजक मुक्ती पौडेलले बताए । तत्कालिन मेची बोर्डर जर्नालिष्ट एशोसिएशन र प्रेस क्लब मेचीनगर बीच तीन महिना अघि एकिकरण भइ एउटै संस्थाका रुपमा प्रेस क्लब मेचीनगर भए पछि पहिलो पटक हुन लागेको अधिवेशनको प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न हुने संयोजक पौडेलले जानकारी दिए ।

अधिवेशनमा प्रेस क्लबले स्थापना कालदेखि बितरण गर्दै आएको मेचीनगर पत्रकारिता पुरस्कार र मेचीनगर प्रोत्साहन पत्रकारिता पुरस्कार समेत बितरण हुने क्लबका सहसंयोजक ज्ञानेन्द्र निरौलाले बताए ।

मेचीनगरलाई कार्यक्षेत्र बनाएर १० बर्ष भन्दा बढी समय पत्रकारिता गरिरहेकाहरु मध्येबाट एक जना पत्रकारलाई ११ हजार १ सय ११ रुपैयाँ राशीको मेचीनगर पत्रकारिता पुरस्कार र मेचीनगरमा रहेका पत्रकारितामा प्रवेश गर्नु भएका नवोदित पत्रकारलाई ५ हजार ५ सय ५५ रुपैयाँ राशीको मेचीनगर प्रोत्साहन पत्रकारिता पुरस्कार बितरण गरिने सहसंयोजक ज्ञानेन्द्र निरौलाले जानकारी दिए।

प्रतिकृया दिनुहोस्