News Portal

प्रेस क्लब मेचीनगरले गर्याे दुई पत्रकारलाई सम्मान

रातोपोस्ट संवाददाता
८६१ पटक

झापा, असाेज १० । प्रेस क्लब मेचीनगरले दुई जना पत्रकारलाई सम्मान गरेको छ । सम्मानित हुनेमा पत्रकार जीएन शर्मा र खगेन्द्र घिमिरे रहेका छन् ।

झापाको मेचीनगरबाट प्रकाशित हुने चौतारी पोष्ट अनलाइका सम्पादक शर्मालाई ११ हजार १ सय ११ नगदसहित मेचीनगर पत्रकारिता पुरस्कारबाट र अनुसन्धान अनलाइन टिभीका सम्पादक घिमिरेलाई ५ हजार ५ सय ५५ नगदसहित मेचीनगर उद्यमान पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको हो ।

काँकडभिट्टामा प्रेस क्लबको अधिवेशनको उद्घाटनसत्रमा प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले उनीहरुलाई सम्मान गरेका थिए ।

प्रतिकृया दिनुहोस्