News Portal

स्पेनिस ला लिगा : रियल मड्रिडको पहिलो जित

रातोपोस्ट संवाददाता
६६८ पटक

काठमाडौं, असोज ११ । स्पेनिस ला लिगाको नयाँ सिजनमा रियल मड्रिडले पहिलो जित दर्ता गरेको छ । शनिबार राति भएको खेलमा रियल बेटिसलाई पराजित गर्दै मड्रिडले पहिलो जित दर्ता गरेको हो ।

पहिलो हाफमा २/१ ले पछाडि परेको रियल मड्रिडले दोस्रो हाफमा जित निकालेको हो । रियल मड्रिडका लागि खेलको १४ औँ मिनेटमा भल्भेर्देले गोल गरेर अग्रता दिलाएका थिए । ३५ औं मिनेटमा रियल बेटिसका म्यान्डी र विलियम कारभाल्होले ३७ औँ मिनेटमा गोल गरेपछि पहिलो हाफमा रियल २/१ ले पछि परेको थियो ।

दोस्रो हाफको सुरुमै खेलको ४८ औँ मिनेटमा रियल बेटिसका लेइते डी सोउजा जुनियरको आत्मघाती गोलले रियल मड्रिडलाई फाइदा भयो । आत्मघाती गोलले खेल २(२ को बराबरीमा पुग्यो ।

फेरि खेलको ८२ औं मिनेटमा पाएको पेनाल्टीको सदुपयोग गर्दै रियल मड्रिडका लागि सर्जिओ रामोसले गोल गरे । पहिलो खेलमा बराबरीमा रोकिएको रियललाई आत्मघाती गोल र पेनाल्टी पहिलो जित दर्ता गर्न सहज भयो ।

गएराति भएका अन्य खेलमा रियल सोसिडाडले एल्चेलाई ३/ ० ले हराएको छ । गेटाफे र एलाभेसले गोलरहित बराबरी खेलेका छन् भने भ्यालेन्सिया र हुएस्काले १/ १को बराबरी खेलेका छन् ।

प्रतिकृया दिनुहोस्