News Portal

  • लेबनानका प्रधानमन्त्रीले दिए राजीनामा

    रातोपोस्ट
    ४७१ पटक

    एजेन्सी, असोज ११ । लेबनानका प्रधानमन्त्रीले शनिबार नयाँ मन्त्रीमण्डलको गठन गर्ने जिम्मेवारीबाट पछि हट्दै राजिनामाको घोषणा गरेका छन्। लेवनान पछिल्ला दशकहरुमा सबैभन्दा खराब आर्थिक सङ्कटबाट माथि उठाउन सुधारवादी सोचको नयाँ सरकार गठन गर्न प्रधानमन्त्री बनेका मुस्तफा अदीबले नसकेपछि राजिनामाको घोषणा गरेका हुन् ।

    लेबनानको राजधानी बेरुतस्थित बन्दरगाहमा अगस्ट ४ मा भएको विशाल विस्फोटमा १९० व्यक्तिको ज्यान गएको थियो भने हजाराँै व्यक्ति घाइते भएका थिए । अगष्ट ३१ मा चयन भएदेखि नै मुस्तफा अदीबले अरबौं डलरको वैदेशिक सहायतालाई निरन्तरता दिन आवश्यक सुधारहरू गर्न सकेसम्म नयाँ मन्त्रिपरिषद गठन गर्न दबाब रहेको थियो ।

    “म सरकार गठनको कामलाई निरन्तरता दिन नसकेकोमा माफी माग्न चाहन्छु,” अदीबले टेलिभिजन सम्वोधनमा भने । “मैले सुधारवादी नयाँ मन्त्री परिषद्को निर्माणका लागि दिइएको जिम्मेवारीलाई पूरा गर्न असमर्थ भएकोमा लेवबानी जनतासँग माफी माग्न चाहन्छु ,” उनले भने ।

    धेरै धार्मिक समूहद्वारा पास भएर सरकार गठन हुने हुँदा लेबनानमा सरकार गठनमा प्रायः महिनौं लाग्छ । यसका लागि विनाशकारी १९७५ देखि १९९० सम्म भएको गृहयुद्धलाई अन्त्य गर्न गरिएका प्रमुख निर्णयहरूमा मुख्य दलहरूबीच सहमति आवश्यक पर्दछ । धेरैथरी धार्मिक समुदाय भएको यो राज्यमा सत्ता समीकरणका लागि भएको सहमतिका कारण सरकार गठन प्रक्रिया झन्झटिलो रहेको छ ।

    लेबनानका ठूला शिया समुदायहरू अमल र हेज्बुल्लाको प्रतिनिधित्व गर्ने दुई मुख्य पार्टीहरुले नयाँ लाइनमा अगाडि बढ्ने अदीबको प्रयासहरुलाई सहयोग नगरेपछि सरकार गठन प्रक्रिया सफल हुननसकेको उनको दावी छ ।

    दुई दलले अर्थ मन्त्रालयलाई आफ्नो नियन्त्रणमा राख्ने आफ्नो मागलाई नमानेका र खासगरी अमेरिकालगायतका दातृ राष्ट्रको प्रधानमन्त्रीको पकडमा अर्थमन्त्री रहनुपर्ने दवावका कारण सरकार गठन प्रक्रिया अन्ततः असफल भएको छ ।

    विश्लेषकहरूले अमलका एक पूर्व मन्त्री र हेज्बुल्लाहसम्वन्धित व्यवसायकाबिरूद्ध हालसालै लगाइएको अमेरिकी प्रतिबन्धलगायतका कारण पनि सरकार गठन प्रक्रिया असफल भएको बताएका छन् ।

    राजनीतिमा कम पकड रहेका पूर्व राजदूत अविवलाई फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँको लेबनान भ्रमणको केही घण्टा पहिलेमात्र गत अगस्ट ३१ राष्ट्रपतिबाट प्रधानमन्त्री नियुक्त गरिएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)