News Portal

बालुवाटारमा मन्त्रिपरिषद आकस्मिक बैठक सुरु

रातोपोस्ट संवाददाता
१४११ पटक

काठमाडौं, असाेज ११ । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रुपमा बोलाएको मन्त्रिपरिषद् बैठक शुरु भएको छ ।

बालुवाटारमा निधारित समयमा भन्दा १ घन्टा ढिलो गरि बैठक सुरु भएको हो । बैठक १२ बजेका लागि बोलाइएको थियो ।

आजको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाई र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय गरी २ मन्त्रालय फुटाई चार वटा बनाउने निर्णय हुनसक्ने एक मन्त्रीले बताए।

हाल २१ मन्त्रालय छन्। संविधानले संघीय मन्त्रालय २५ भन्दा धेरै बनाउन नपाउने मापदण्ड तोकेको छ।

प्रतिकृया दिनुहोस्