News Portal

  • व्यवसायी चन्द्र ढकाललाई कोरोना संक्रमण

    रातोपोस्ट संवाददाता
    २८६ पटक

    काठमाडौ, असाेज १२ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकाललाई कोरोना संक्रमण देखिएको छ।

    आइतबार स्वाब परीक्षणका लागि दिइएकोमा सोमबार बिहान रिपोर्ट पोजेटिभ आएको ढकालले जानकारी दिएका छन्।

    तर आफूलाई स्वास्थ्यमा खासै समस्या नरहेको उनको भनाइ छ।

    ‘आज बिहान मेरो स्वास्थ्य रिपोर्ट पोजेटिभ आयो,’ उनले भने, ‘तर मलाई स्वास्थ्यमा कुनै समस्या छैन। घरमै सुरक्षित रूपमा आइसोलेसनमा बसेको छु।’
    उनले केही दिनयता आफूसँग सम्पर्कमा आएकाहरूलाई सुरक्षित रहन र आवश्यक सजगता अपनाउन पनि आग्रह गरेका छन्।

    जनस्वास्थ्यका मापदण्ड पालना गर्दै सतर्कता अपनाइरहे पनि आफूमा कोरोना देखिएको ढकालको भनाइ छ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)